गुल्मी जिल्ला प्रदेश नं. ५ को १२ वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो। यसको पूर्वमा स्याङ्जा र पर्वत जिल्ला, पश्चिममा प्यूठान र अर्घखाँची जिल्ला र उत्तरमा बाग्लुङ्ग जिल्ला र दक्षिणमा पाल्पा र अर्घखाँची जिल्ला पर्दछन। गुल्मी जिल्ला कुल क्षेत्रफल ११४९ वर्ग कि.मी. ११४९०० हेक्टरमा रहेको छ।२७ . ५५ , देखी २८ . २७ , मिनेट उत्तरी अंक्षासमा रहो छ भने ८३ . १० , ८३ . ३५ , सम्म पुर्वी देशान्तरमा रहेको छ। यो समुन्द्र सतह देखी ४६५ मिटर रिडी देखी २६९० मिटर मदानेको लेक उचाई सम्मको भु-भाग समेटिएको छ। यस जिल्ला २,८०१६० (२०६८) जनसंख्या रहेको छ। यसको १२ स्थानिय तहमा १० गाँउपालिका र २ नगरपालिका रहेको छ। यस जिल्लाको सदरमुकाम तम्घास हो जुन रेसुङ्गा नगरपालिकामा रहेको छ।
यो कार्यालय मिति २०५७/१२/२३ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीको नाममा तम्घासमा स्थापना भएको हो। सबै भन्दा पहिला रेसुङ्गा नगरपालिका-१ मिलन चोकमा भाडाको घरमा स्थापना संचालन गरियो । तत्पश्चात तम्घास बजारको खानिगाउँमा संचालन भयो । त्यसको केहि समयपछि कार्यालय बसपार्कको चिरिन्जिवि शर्माको घरमा तथा ओ.पि.डि ईन्द्रबिर पौवामा संचालन गरियो । आ.व.२०६३/६४ देखी रेसुङ्गा नगरपालिका वडा नं -९ उपल्लो तम्घास, सोतामा आफ्नै कार्यालय निर्माण कार्यालयमा सरेको हो । आ.व.२०६४/६५ मा गुल्मी जडिवुटी प्रशोधन केन्द्रले कुटानी पिसानीको लागि १० हर्ष पावरको पल्पलाईजर मेसिन हस्तारण गरे संगै औषधि उत्पादनमा सहजता तथा गुणस्तरमा बृद्धि भएको छ । त्यसैगरी आयुर्वेद विभाग बाट बाट प्राप्त भएका मेसिनहरु संगै हाल २ वटा पलपलाईजर तथा १ वटा डिक्स मेशिन गरि ३ वटा चालु अवस्थामा रहेका छन। तथ्याङ्क अनुसार यस आयुर्वेद स्वास्थ्य केन्द्रमा मिति २०५७/०४/०८ गते गुल्मीमा डा.देवकला भण्डारी आएपछी उपचारका लागि दैनिक १५० सम्म बिरामी आउने गरेको रेकर्ड देखिन्छ । मिति २०६०/०९/११ यस देखी यस कार्यालयमा आयुर्वेद विशेषज्ञ डा.वासुदेव जनार्दन प्रसाद उपाध्याय कार्यरत रहदा भएका बिभिन्न महत्वपुर्ण कार्य हरु मध्ये हाल कार्यालय रहेको भवनको जग्गा उहाँको ठुलो पहलको साथ परेको थियो । बजार क्षेत्रबाट थोरै टाढा भएतापनि एकान्त र शान्त वातावरणमा यो कार्यालय रहेको छ। यस कार्यालय समुन्द्री सतहदेखी १५६० मि. उचाईमा छ ।
© All Rights Reserved : Gulmi Ayurvedic Health Center, Website built by InfoxIT